दफा ११
सञ्चालकको निमित्त अयोग्यता
देहायको कुनै ब्यक्ति सञ्चालक हुन वा रहन सक्नेछैन ः–
(क) बहुला वा मानसिक सन्तुलन रहित ब्यक्ति,
(ख) नैतिक पतन देखिने फौज्दारी अभियोगमा कसूरदार प्रमाणित भई सो वापत ६
महिनाभन्दा बढी कैदको सजाय पाएको र त्यस्तो कैदको सजाय भोगिसकेको
मितिले पाँचबर्ष भुक्तान नगरेका ब्यक्ति,
(ग) ऋण तिर्न नसकी साहूको दामासाहीमा परेका ब्यक्ति , वा
(घ) संस्थानसँगको कुनै ठेक्का पटृा वा करारमा कुनै प्रकारको निजी स्वार्थ भएको
ब्यक्ति ।